आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाण्डौ महानगरलाई मन्त्रालयको अनुरोध

169 Shares

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाण्डौ महानगरपालिकालाई अनुरोध गरेको छ ।

मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरमा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई मेयर बालेन्द्र शाहले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो । गुरागाईंले आफूलाई गएको पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गर्नुभएको थियो ।

मेयर शाहले आफ्नो कार्यकक्षमा ताला लगाइदिएर काम गर्न नदिएको तथा अनेक झुठा लाञ्छनाहरू समेत लगाएका गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।

 

 

सम्बन्धित समाचार

सबै