प्रतिनिधिसभाबाट पारित पाँच अध्यादेश आज राष्ट्रिय सभामा पेश हुने

210 Shares

प्रतिनिधिसभाले हिजो पारित गरेका पाँच वटा अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ पेश हुने भएका छन्।

हिजोको बैठकमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ तथा ‘लगानी अभिवृद्धि’ अध्यादेश पारित भएका थिए।

आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकबाट यी अध्यादेश पारित भएमा सरकारले प्रतिस्थापन विधेयक संसदमा लैजान सक्नेछ। जसपा नेपालको समर्थनपछि सरकारका ६ मध्ये ५ अध्यादेश संसदमा एक महिनाभन्दा बढी समयपछि अघि बढेका हुन्।

राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद रहेका छन्। जसपा नेपालका ३ सांसदको समर्थनपछि बहुमत पुग्ने देखिएको छ।

सम्बन्धित समाचार

सबै