65
Shares

काठमाडौं । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले घिसिङलाई हटाउने निर्णय भए सडक र सदन दुवैबाट विरोध गर्ने बताए ।
‘कुलमान घिसिङलाई हटाउने योजना बनिरहेको छ भन्ने सुनिएको छ । यदि उनलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानिनेछ, त्यसविरुद्ध सडक र सदनबाट आवाज उठ्छ,’ उनले भने ।
सांसद शाहीले दशरथ रंगशालामा केपी ओली कपको समापन समारोहमा दर्शकमाथि कुटपिट गर्ने आयोजकलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको आलोचना गर्दैमा कसैलाई कुट्न नपाइने उनले उल्लेख गरे ।