काठमाडौं – संघीय संसद् सचिवालयले दुई पत्रकार, प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरेको छ। महासचिवस्तरीय निर्णय अनुसार उक्त निलम्बन गरिएको हो।
वली सुनौलो नेपाल र श्रेष्ठ युवा मन च्यानलका पत्रकार हुन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पत्रकार आचारसंहिता पालना नगरेको कारणले प्रवेश पास निलम्बन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा शब्द चयनमा ध्यान नदिएको भन्दै उनीहरूको प्रवेश पास निलम्बन गरिएको बताइएको छ। यसअघि, सांसद सूर्य थापाले प्रधानमन्त्रीलाई ‘हिटलर’ भनेर प्रश्न गरेका थिए, जसमा आपत्ति जनाइएको थियो।