माओवादी केन्द्र पदाधिकारी बैठक आज बस्दै

226 Shares

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबार) बस्ने भएको छ। बैठक बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्ने तय गरिएको छ।

सरकारले सदनमा पेश गर्न लागेको अध्यादेश, तराई–मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा भएको थियो।

आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवादसम्बन्धी निर्णय हुन सक्ने जनाइएको छ।

सम्बन्धित समाचार

सबै