नेपाली यु-१९ क्रिकेट टोली अफगानिस्तानसँग एक दिवसीय सिरिज खेल्ने

155 Shares

काठमाडौँ –  घरेलु मैदानमा नेपाली यु-१९ क्रिकेट टोली अफगानिस्तानको युवा टोलीसँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ कि अफगानिस्तानको यु-१९ टोली सिरिज खेल्न नेपाल आउँदैछ।

यो सिरिज माथिल्लो मूलपानी क्रिकेट मैदानमा आगामी चैत २१ गतेदेखि सुरु हुनेछ। तीन खेलको सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते, दोस्रो खेल चैत २४ गते र तेस्रो खेल चैत २७ गते हुनेछन्।

सम्बन्धित समाचार

सबै