प्रतिनिधिसभामा बुधबार पाँच अध्यादेश मात्र प्रस्तुत गरिने

171 Shares

काठमाडौं – प्रतिनिधिसभा बैठकमा बुधबार सरकारले जारी गरेका छ वटा अध्यादेशमध्ये पाँच अध्यादेश मात्र प्रस्तुत गरिने भएको छ। सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरेको हो।

भूमिसम्बन्धी अध्यादेशमा सहमति जुटाउनका लागि सरकारले उक्त अध्यादेशलाई हाललाई रोक्ने निर्णय गरेको छ। एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार सत्ता साझेदार दलहरूबीच भूमिसम्बन्धी अध्यादेशबारे अझै छलफल आवश्यक भएकाले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने वा नयाँ विधेयक ल्याउने विषयमा निर्णय हुन बाँकी छ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेशलाई होल्डमा राखेर थप छलफल गरिने जानकारी दिए। सत्ता साझेदार दलहरूबीच भएको समझदारीअनुसार नै पाँच अध्यादेश मात्र संसद्मा प्रस्तुत गरिने उनले बताए।

कांग्रेस र नेकपाले आफ्ना सांसदहरूलाई बुधबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन्। प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

सम्बन्धित समाचार

सबै