74
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन् । मंगलबार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकीकरणको अवस्था नआएको बताएका हुन् ।
खनालका अनुसार पार्टी एकीकरण अहिले सम्भव नभए पनि राष्ट्रिय एजेन्डाका आधारमा कार्यगत एकता गर्न सकिन्छ । राष्ट्रियतामाथि बढ्दो खतरा सामना गर्नका लागि विभिन्न शक्तिहरू एकजुट हुनुपर्ने उनले बताए ।
“कार्यगत एकता जोसँग पनि सम्भव छ,” खनालले भने, “राष्ट्रिय मुद्दामा सबै एकताबद्ध हुन जरुरी छ । चुच्चे नक्सा नेपालले बनायो, त्यसलाई कार्यान्वयन गर्न हामी किन उभिन सक्दैनौँ ?”
उनले राष्ट्रिय सरोकारका विषयमा सहकार्य गर्न सकिने बताए भने तत्काल पार्टी एकीकरणको कुनै सम्भावना नरहेको दोहोर्याए ।