पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्न हिमालय एयरलाइन्सको तयारी

314 Shares

काठमाडौं । हिमालय एयरलाइन्सले आउँदो चैत १८ (मार्च ३१) देखि पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान थाल्ने पहिलो एयरलाइन्स बन्ने तयारीमा रहेको हिमालयले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं मार्गमा साप्ताहिक उडान गर्ने जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसमा सञ्चालनमा आए पनि अहिलेसम्म नियमित व्यवसायिक उडान हुन सकेको थिएन । नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यसहित हिमालयले उडान सुरू गर्न लागेको हो ।

निश्चित तालिका अनुसार, एयरलाइन्सले चैत १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान भर्नेछ । चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण गरी त्यसपछि १२ः४५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।

नयाँ गन्तव्य सुरू गर्न पाउँदा कम्पनी उत्साहित रहेको उपाध्यक्ष विजय श्रेष्ठले बताएका छन् । उनले हिमालय एयरलाइन्सको उद्देश्य चीनका १० पर्यटकीय गन्तव्यमा उडान विस्तार गर्दै १० लाख चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने रहेको बताए ।

सम्बन्धित समाचार

सबै