चौंथो पटक ह्दयघात भएका पूर्व युवराज शाहको मुटुमा ‘स्टेन्ट’ राखियो

223 Shares

काठमाडौं । चौंथो पटक ह्दयघात भएपछि पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

पूर्व युवराज पारसको स्वास्थ्य अवस्था स्थिर रहेको डाक्टर यादवदेव भट्टले जानकारी दिएका छन् । शाहको मुटुमा स्टेन्ट (मुटुको धमनीमा राखिने एक प्रकारको ट्युब) राखिएको छ । उनलाई एक–दुई दिन अस्पतालमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।

पूर्व युवराज पारसलाई हृदयघात भएको यो चौंथो पटक हो । पारसलाई किन पटक–पटक हृदयघात भइरहेको छ ? भन्ने प्रश्न एक चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।’

सम्बन्धित समाचार

सबै