समाज परिवर्तनका लागि अनुशासित विद्रोह आवश्यक: शंकर पोखरेल

648 Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज रूपान्तरणका लागि विद्रोह आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण समारोहमा उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको उल्लेख गरे ।

उनका अनुसार ओलीले लामो समय आन्दोलनभित्र फरक मत राखे पनि पार्टीका सीमाहरू उल्लंघन नगरेका कारण शीर्ष नेतृत्वमा पुगेका हुन् । पोखरेलले समाज रूपान्तरण चाहनेहरूले अनुशासित रूपमा अघि बढ्नुपर्ने पाठ ओलीको जीवनबाट सिक्न सकिने बताए ।

त्यसैगरी, उनले प्रधानमन्त्री ओली नपढेको होइन, पढ्न नपाएको व्यक्ति भएको भन्दै उनीसँग गहिरो ज्ञान रहेको दाबी गरे ।

सम्बन्धित समाचार

सबै