132
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा राष्ट्रका लागि असाधारण काम गरेको दाबी गरेका छन् ।
‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उनले ओलीले नाकाबन्दीको सामना गरेको स्मरण गरे ।
“नाकाबन्दीको सामना गर्ने होस् वा नयाँ नक्सा प्रकाशित गर्ने, जनताको मुर्झाएका सपना जागृत गरी विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने ओलीको योगदान महत्वपूर्ण छ,” उनले भने ।
राष्ट्रियताका सवालमा ओली अग्रस्थानमा रहे पनि अहिले उनलाई घेराबन्दी गरिरहेको पोखरेलले बताए । साथै, सामाजिक सञ्जालमा ओलीलाई सबैभन्दा धेरै आलोचना गरिनु अन्यायपूर्ण रहेको उनको धारणा छ ।