334
Shares
सुर्खेत । नेकपा (कम्युनिस्ट पार्टी) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली नेताहरूलाई भिखारीसँग तुलना गर्दै उनीहरू विभिन्न देशसँग भिख मागिरहेको आरोप लगाएका छन्।
सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अरु देशसँग भिख माग्दा नेपालले युक्रेनजस्तो अवस्था भोग्नुपर्ने चेतावनी दिए।
‘दलालहरूले देशलाई युक्रेनजस्तै बनाउनेछन्,’ उनले भने, ‘तर हामीले नेपाललाई रूपान्तरण गर्न सक्छौं, त्यसका लागि कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छ।’
विप्लवले गफ मात्रै चुट्ने नेताबाट देश रूपान्तरण सम्भव नभएको उल्लेख गर्दै विदेशीको भिख थापेर आदर्शवादी गफ दिनु देशको समृद्धिको उपाय हुन नसक्ने टिप्पणी गरे।