अध्यादेश यथास्थितिमा पारित नहुने: कांग्रेस नेता विश्वकर्मा

176 Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सरकारले ल्याएका अध्यादेशहरू यथास्थितिमा पारित हुने सम्भावना नरहेको बताएका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले अध्यादेश ल्याउनेबेला कांग्रेससँग छलफल गरे पनि संसद्मा पेश गर्दा दलहरूबीच असहमति उत्पन्न भएकाले पारित नहुने अवस्था आएको बताए।

विश्वकर्माले वर्तमान सत्तागठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गर्दै कांग्रेस सक्रिय रूपमा अघि बढिरहेको उल्लेख गरे। उनका अनुसार पार्टीले ५५ वटा विभाग गठन गरी ७७ वटै जिल्लामा निरन्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

कांग्रेसको महाधिवेशनबारे सञ्चारकर्मीको प्रश्नमा उनले निर्धारित समयमै महाधिवेशन हुने बताउँदै अब पार्टीभित्र गुटबन्दी नरहने दाबी गरे।

यस क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडीसहितको वैदेशिक सहयोग रोक्ने निर्णयलाई केही समयको ‘चुरीफुरी’ मात्र भएको टिप्पणी गरे।

सम्बन्धित समाचार

सबै