218
Shares
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालबाट डिस्चार्ज भएकी छन् । नौ दिन लामो उपचारपछि आइतबार उनी घर फर्किएकी हुन् ।
त्रिवि शिक्षण अस्पतालकी प्रशासन प्रमुख सरस्वती गुरुङका अनुसार चिकित्सकले मन्त्री भट्टराईलाई केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् । घाँटीको संक्रमणका कारण फागुन ९ गते अस्पताल भर्ना भएकी उनलाई हालसम्मको परीक्षणमा कुनै जटिलता नदेखिएको गुरुङले जानकारी दिइन् ।
यद्यपि, बायोप्सीको अन्तिम रिपोर्ट आउन अझै एक-दुई दिन लाग्ने अस्पतालले जनाएको छ । घाँटीको ग्रन्थी (ग्ल्यान्ड) मा संक्रमण बढेपछि बायोप्सी परीक्षण गरिएको थियो ।