87
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार दिउँसोबाट बैठक शुरु भएको हो ।
बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए ।
सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अड्किएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भए पनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो ।