उत्तराखण्डको चमोलीमा हिमपहिरो: ३३ मजदूरको उद्धार, २२ जना बेपत्ता

242 Shares

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेका मजदूरमध्ये ३३ जनाको उद्धार गरिएको छ। चमोलीका जिल्ला अधिकारी (डीएम) सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले हिमपहिरोमा परेका ५५ मजदूरमध्ये ३३ जनाको उद्धार भइसकेको जनाएको छ।

यसअघि सो क्षेत्रमा ५७ जना मजदूर रहेको खबर आएको थियो, तर चमोलीका डीएमका अनुसार दुई जना मजदूर बिदामा रहेका छन्। हालसम्म २२ जना मजदूर बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ। उद्धार अभियानमा भारतीय सेना, आईटीबीपी, एनडीआरएफ, र एसडीआरएफको टोली खटिएको छ।

हिमपहिरो हिजो दिउँसो बद्रीनाथ धाम नजिकै मनामा गएको थियो। सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा संलग्न मजदूरहरू हिमपहिरोमा फसेका हुन्। हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै