246
Shares
काठमाडौं – म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन एमोरिमले इप्सविच टाउनविरुद्धको ३–२ को कठिन पुनरागमन जितपछि टिमको प्रदर्शनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले पहिलो मिनेटदेखि नै संघर्ष गरेपनि, ४३औं मिनेटमा प्याट्रिक डोर्गुको रातो कार्डपछि १० खेलाडीमा सीमित भएपनि रोमाञ्चक जित निकाल्न सफल भयो।
प्रशिक्षक एमोरिमले भने, “आज म निराश छैन। हामीले खेलमा नियन्त्रण राख्यौँ र खेलाडीहरूले मेहनत गरे। रातो कार्ड पछि खेल केही कठिन भयो, तर हामीले तीन अंक पाउन योग्य थिए।”
जितपछि युनाइटेडले २७ खेलमा ३३ अंक जोडेको छ र तालिकाको १४औं स्थानमा छ भने इप्सविच १८औं स्थानमा रहेको छ।