१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः सरेर जेठ ३ देखि १० तय

262 Shares

कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सारिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले नयाँ मिति तय गरेको हो। अब प्रतियोगिता २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन हुने निर्णय गरिएको राखेपले जनाएको छ।

यसअघि प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने भनिएको थियो। नौौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो।

बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णयसमेत गरेको छ।

साथै, राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ।

 

सम्बन्धित समाचार

सबै