हमासका नेताले इजरायलसँग थप वार्ता नगर्ने घोषणा गरे

238 Shares

प्यालेस्टिनी विद्रोही समूह हमासका नेताले इजरायलसँग थप वार्ता नगर्ने बताएका छन्। हमासका अनुसार, सम्झौताअनुसार ६ सय २० जना प्यालेस्टिनी कैदीको रिहाइ नगरेसम्म उनीहरू वार्तामा सहभागी हुने छैनन्। यसअघि, शनिवार हमासले ६ जना इजरायली कैदीलाई रिहा गरेको थियो, तर इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइ स्थगित गरेपछि यो निर्णय आएको हो।

शनिवारकै दिन इजरायलले ६ सय २० जना प्यालेस्टिनी कैदी रिहा गर्ने सर्त राखेको थियो, तर इजरायलले गाजा पट्टीमा पुनः आक्रमण गर्ने सम्भावना रहेको बताउँदै रिहाइमा ढिलाइ गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको यस निर्णयलाई अमेरिकाले समर्थन गरेको छ भने इजिप्ट र कतारले इजरायललाई तत्काल ६ सय २० जना प्यालेस्टिनी कैदी रिहा गर्न दबाव दिइरहेका छन्।

सम्बन्धित समाचार

सबै