रौतहट /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधवार रौतहट पुग्नु भएको छ ।
चुनावी माहोल तताउन र पार्टी उम्मेदवारहरूको मनोबल उच्च राख्न यतिबेला मधेश प्रदेशको भ्रमणमा रहनु भएका बरिष्ठ नेता शाह बुधबार सर्लाही हुँदै रौतहट आइ पुग्नु भएको थियो । उहाँले रौतहटका विभिन्न स्थानमा ‘रोड शो’ गर्नु भएको रास्ट्रिय स्वतन्त्र पार्टिका रौतहट सभापति प्रदिप साहले जानकारी दिनु भयो ।
सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर आइपुग्दा वरिष्ठ नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरेका थिए । चन्द्रनिगाहपुरबाट खान खान बाराको निजगढ पुग्नु भएका बरिष्ठ नेता शाह पुनः चन्द्रनिगाहपुर फर्कनु भएको थियो । समर्थकहरूले रास्वपाको झन्डा र फूलमाला लिएर उहाँको स्वागतमा उत्रिएका थिए ।
रोड शोका क्रममा बरिष्ठ नेता शाहले चन्द्रनिगाहपुरबाट गरुडा , जयनगर हुँदै मौलापुर सम्म गाडीबाटै हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गर्दै अगाडि बढनु भएको थियो ।
रौतहटमा घन्टी बजाउँदै रोड शो समापन गरी वरिष्ठ नेता शाह मौलापुरबाट बाराको कलैया हुँदै बिरगंज प्रस्थान गर्नु भएको छ । रास्वपाका विभिन्न नेता, कार्यकर्ताले बरिष्ठ नेता शाहको बिहानै देखि विभिन्न रुट रहेको सार्वजनिक गरे पनि उहाँको रुट अति गोप्य रहेको देखिएको थियो । रास्वपाका उम्मेदवारहरु समेत उहाँ कहाँ कुन रुट भएर आउने बारे अनभिज्ञ देखिएका थिए ।