जनअधिकारको रक्षा गर्दै समाजवादी अर्थतन्त्र कार्यान्वयन गर्नुपर्ने : अध्यक्ष माधव नेपाल

325 Shares

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारको रक्षा गर्दै समाजवादी अर्थतन्त्र कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण अपरिहार्य भएको बताए।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिका लागि शुभकामना व्यक्त गरे। अध्यक्ष नेपालले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुताको भावना कायम रहोस् भन्ने कामना गर्दै नयाँ वर्षले समुन्नत समाजवादी मुलुक निर्माणतर्फ प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेको उल्लेख गर्दै परिवर्तनका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबीच एकताको आवश्यकता औंल्याए। साथै, राष्ट्रियता, जनजीविका र वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण निर्माण गर्न राजनीतिक दलहरूलाई आग्रह गरे।

अध्यक्ष नेपालले उत्पादन वृद्धि, रोजगार सिर्जना र सामाजिक रूपान्तरणमार्फत जनतालाई राजनीतिक परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

सबै