संविधान पुनरावलोकनमा ढिलाइ भए जनता आक्रोशित हुने : सांसद डा. शेखर कोइराला

237 Shares

काठमाडौं — सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरावलोकनमा ढिलाइ भएमा जनता आक्रोशित हुने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले संवेदनशीलताका साथ काम गर्न आवश्यक रहेको बताए।

उनले कांग्रेस र एमालेबीच सहकार्य रहे पनि एमाले नै भविष्यमा कांग्रेसको प्रमुख प्रतिस्पर्धी हुने भएकाले खबरदारी जरुरी भएको उल्लेख गरे। संविधान संशोधन, सुशासनको स्थायित्व र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सरकारले गम्भीरता नदेखाए जनआक्रोश झनै बढ्ने चेतावनी दिए।

दण्डहीनता दिनानुदिन बढिरहेको टिप्पणी गर्दै कोइरालाले सुलभ स्वास्थ्य सेवाबारे पनि गम्भीर सोच आवश्यक रहेको धारणा राखे। साथै, अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्धभन्दा खतरनाक हुने सम्भावनासमेत रहेको भन्दै नेपाल आत्मनिर्भर बन्ने सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

सबै