अमेरिकाको हडसन नदीमा हेलिकप्टर दुर्घटना, तीन बालबालिकासहित ६ जनाको मृत्यु

424 Shares

अमेरिकाको न्युयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा तीन बालबालिकासहित ६ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक र एक जना पाइलट सवार थिए। सबैको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ।

स्पेनी नागरिकका परिवारसँग सम्पर्क भएपछि मात्र मृतकको पूर्ण पहिचान सार्वजनिक गरिने न्युयोर्क प्रहरी अधिकारीले जनाएका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा हेलिकप्टर आकाशबाट उल्टो परेर हडसन नदीमा खसिरहेको देखिन्छ।

सम्बन्धित समाचार

सबै