मन्त्रिपरिषद्को १३ निर्णय सार्वजनिक, सहसचिव शर्माको राजीनामा स्वीकृत

319 Shares

काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका १३ वटा निर्णयहरू सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको छ।

त्यसैगरी, वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्दै मन्त्रिपरिषद्ले श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले विदेश भ्रमण स्वीकृतिसहित विभिन्न प्रशासनिक निर्णयहरू पनि गरेको मन्त्री गुरुङले जानकारी दिए।

सम्बन्धित समाचार

सबै