आईपीएल क्रिकेट : कोलकाता र लखनउ तथा पन्जाब र चेन्नई खेल्दै

320 Shares

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । इडेन गार्डेन्समा हुने यो खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ ।

यस्तै आजको दोस्रो खेलमा पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । मुल्लानपुरमा हुने यो खेल बेलुका पौने ८ बजे शुरू हुनेछ ।

कोलकाता ४ खेलमा ४ अङ्कसहित तालिकाकाे पाँचाैं र लखनउ ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा छैटाैं स्थानमा छ । यस्तै ३ खेलमा ४ अङ्क रहेको पन्जाब चौथो र ४ खेलमा २ अङ्क रहेको चेन्नई नवौं स्थानमा छ ।

सम्बन्धित समाचार

सबै