शिक्षक आन्दोलनबारे वार्तामार्फत समाधान खोज्न थप गृहकार्य गर्न प्रधानमन्त्रीको निर्देशन

254 Shares

काठमाडौं, नेपाली सुद्ध भाषामा — प्रधानमन्त्री केपी शर्मा ओलीले हाल काठमाडौंमा जारी शिक्षक आन्दोलनका सन्दर्भमा मन्त्री तथा उच्च अधिकारीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल तथा सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागितामा छलफल गरिएको हो।

छलफलमा शिक्षा मन्त्रालयका प्रतिनिधिहरूले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेकै आन्दोलन र शिक्षकहरूले उठाएका प्रमुख मागबारे जानकारी गराएका थिए।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षा सम्बन्धी कानुन निर्माणको प्रक्रिया, सरकारले तुरुन्तै पूरा गर्न सक्ने मागहरू, र गुणस्तरीय शिक्षाको सुनिश्चितता जस्ता विषयमा गहिरो छलफल भएको थियो। सहभागीहरूले थप गृहकार्य गर्दै वार्ताबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

सबै