उच्च अदालतको आदेशपछि रवि लामिछाने थुनामा, भैरहवा कारागारमा राखिने

254 Shares

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई ठगीसम्बन्धी मुद्दामा आज जिल्ला कारागार भैरहवा चलान गरिएको छ।

चैत २३ गते काठमाडौंस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई सोही दिन बिहान ९:१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो।

सरकारी विदाको कारण दुई दिन हिरासतमा रहेका उनलाई आज जिल्ला अदालत रुपन्देहीमा पेश गरी थुनुवा पुर्जी दिइ भैरहवा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए। अब अदालतको अन्तिम फैसला नआउञ्जेल उनी कारागारमै रहनेछन्।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था प्रकरणमा ठगी अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए। पुनरावेदनपछि उच्च अदालतले जिल्ला अदालतको निर्णय बदर गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको हो।

सम्बन्धित समाचार

सबै