अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्दा नेपाल दबाबमा, सिरिज जोगाउन आजको खेल जित्नैपर्ने

253 Shares

काठमाडौं । मुलपानीमा जारी नेपाल यु–१९ र अफगानिस्तान यु–१९ बीचको तीन खेलको एक दिवसीय अभ्यास शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले टस गुमाएको छ । अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो, जसअनुसार नेपाल अब पहिला बलिङ गर्नेछ।

आगामी साता नेपालमै हुने यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप दुई टोलीबीच अभ्यास खेल भइरहेको हो। पहिलो खेलमा अफगानिस्तानसँग नेपाल १३० रनले पराजित भएको थियो, जसका कारण अफगानिस्तानले सिरिजमा १–० को अग्रता बनाएको छ।

सिरिज जोगाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। यदि आज पनि अफगानिस्तानले जित निकाल्यो भने तीन खेलको यो शृङ्खला उसैले कब्जा गर्नेछ। आगामी एसिया छनोटमा नेपाल, अफगानिस्तान, हङकङ, युएई र ओमान सहभागी हुनेछन्।

सम्बन्धित समाचार

सबै