प्रमुख प्रशासकीय अधिकृतको पुनरागमन अघि महानगरमा सुरक्षा सतर्कता

223 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा बिहीबार ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्कन लाग्दा उनलाई रोक्न प्रहरी परिचालन गरिएको आरोप लागेको छ।

तर, महानगर प्रवक्ता नवीन मानन्धरले सुरक्षाका लागि मात्रै प्रहरी तैनाथ गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार गुरागाईं कार्यालय नआइसकेको हुँदा उनलाई रोक्न प्रहरी परिचालन गरिएको भन्ने कुरा सत्य होइन।

यसैबीच, महानगरका कर्मचारीहरूले नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई सहज रूपमा काम गर्न दिनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार

सबै