संघीय संसद् समितिका बैठकहरूमा विभिन्न विषयमा छलफल

215 Shares

काठमाडौं । संघीय संसद् अन्तर्गतका विभिन्न समितिहरूका बैठक आज बस्ने भएका छन्। संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास, आर्थिक मामिला तथा सुशासन समिति को बैठक बिहान ११ः०० बजे हुने छ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति को बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ।

शिक्षा समितिको बैठक मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता को तयारीका सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ।

विकास समितिको बैठक मा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने विषयमा गैरसरकारी संघसंस्था, नागरिक समाज तथा सरोकारवाला पक्षहरूसँग छलफल गरिने छ।

सम्बन्धित समाचार

सबै