नयाँ पार्टीको नेतृत्वमा सीके राउत, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने

232 Shares

काठमाडौं । तराई–मधेस केन्द्रित जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै पार्टीका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् ।

जनमत पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक अब्दुल खानका अनुसार वैशाख १५ भित्रै एकता घोषणा गर्ने तयारी भइरहेको छ । उनका अनुसार पार्टीको नाम, झण्डा, चुनाव चिह्न तथा नेतृत्वको विषयमा मोटामोटी सहमति भइसकेको छ भने हाल विधान लेख्ने काम जारी छ ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यदलले एकीकृत विधान पारित गर्ने र वैशाख दोस्रो साता पार्टी एकीकरणको औपचारिक घोषणा गर्ने योजना बनाएका छन् । एकीकरणपछि पार्टीको अध्यक्ष जनमतका सीके राउत र सहअध्यक्ष नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ रहने समझदारी बनेको जनाइएको छ ।

यस एकीकरणबाट पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भई आफ्ना मुद्दाहरूलाई सशक्त बनाउन सकिने अपेक्षा गरिएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा सहभागिता जनाएका थिए । हाल संसदमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।

सम्बन्धित समाचार

सबै