दुर्गा प्रसाईको प्रभाव देखेपछि प्रदर्शनबाट फर्किएँ : उपाध्यक्ष तामाङ

209 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष बुद्धिमान तामाङले चैत १५ गतेको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईको प्रभाव बढेको देखेपछि आफू त्यहाँबाट निस्किएको बताएका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आन्दोलनलाई समर्थन गर्दा पार्टीबाट गल्ती हुन सक्ने स्वीकार गरे।

‘मञ्चतिर हेर्दा ज्ञानेन्द्र शाहकै जत्रो दुर्गा प्रसाईको फोटो देखें। त्यसपछि यो त खत्तम रैछ भन्ने लाग्यो र म फर्किएँ,’ उनले भने।

त्यस्तै, तीनकुने घटनामा एक पक्षलाई मात्र दोष लगाइनु उचित नभएको भन्दै उनले सत्यतथ्य पत्ता लगाई न्यायिक जाँच गर्नुपर्ने धारणा राखे। ‘महामन्त्री र वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ। सबै दोषको जिम्मा उहाँहरूलाई मात्र लगाउने त भएन,’ उनले भने।

सम्बन्धित समाचार

सबै