गृह मन्त्रालयद्वारा १० उपसचिवको सरुवा

244 Shares

काठमाडौं । गृह मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ । भर्खरै बढुवा भएका आठ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरी अन्य दुई सहायक प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। धनुषामा दुई जना उपसचिव खटाइएको छ । शान्ति महत र भोलनाथ गुरागाईलाई धनुषामा पदस्थापन गरिएको छ ।

सरोज कोइरालालाई मोरङ, नरेन्द्र परियारलाई अछाम, किरणनिधी तिवारीलाई रौतहट, झविलाल भट्टराईलाई अर्घाखाँची, उमेश कुमार दाहाललाई इलाम, कुलशेखर अर्याललाई कास्कीको सहायक प्रजिअमा खटाइएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गंगाकुमार क्षेत्री र सप्तरीका जितेन्द्रकुमार यादबको गृह मन्त्रालयमा सरुवा भएको छ ।

सम्बन्धित समाचार

सबै