दक्षिण कोरियामा भीषण डढेलो: २४ को मृत्यु, आपत्कालीन अवस्था जारी

211 Shares

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रका जंगलमा लागेको डढेलोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ । यो डढेलो दक्षिण कोरियाको इतिहासकै भयानक मध्येको एक मानिएको छ । आगलागीमा २६ जना घाइते भएका छन्, जसमध्ये १२ जनाको अवस्था गम्भीर छ ।

डढेलो फैलिँदै गएपछि २३ हजारभन्दा धेरै मानिस घर छोड्न बाध्य भएका छन् । आगलागीबाट एक प्राचीन बौद्ध मन्दिर, घर, कारखाना तथा गाडीहरू नष्ट भएका छन् । सरकारी आपत्कालीन प्रतिक्रिया केन्द्रका अनुसार ४३ हजार ३३० एकड जमिन जलेको छ ।

यसैबीच, आगो निभाउने क्रममा एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आगलागीबाट करिब १७ हजार हेक्टर जङ्गल नष्ट भएको र क्षेत्रफलको हिसाबले यो दक्षिण कोरियाको इतिहासमा तेस्रो ठूलो डढेलो बनेको बताइएको छ ।

डढेलो नियन्त्रणका लागि हजारौं अग्निनियन्त्रक तथा करिब पाँच हजार सैन्य कर्मचारी परिचालन गरिएको छ । साथै, कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू समेत प्रयोग गरिएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले आगलागीको संकट अझै गम्भीर रहेको बताउनुभएको छ ।

सम्बन्धित समाचार

सबै