कुलमान घिसिङको बर्खास्तीविरुद्ध संसदमा विपक्षी दलको कडा प्रतिरोध

218 Shares

काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसद र सडकमा विरोध गर्ने भएका छन्।

आज बसेको विपक्षी दलहरूको बैठकले घिसिङलाई गैरकानूनी रूपमा हटाइएको निष्कर्ष निकाल्दै यसको विरोध गर्ने निर्णय गरेको रास्वपा नेता सन्तोष परियारले जानकारी दिए। उनका अनुसार सरकारले संख्याको दम्भ देखाउँदै विधि र विधान मिचेर घिसिङलाई हटाएको भन्दै संसदमा आवाज उठाउने निर्णय गरिएको छ।

परियारले सडक आन्दोलनसमेत जारी राख्ने बताए। उनले सरकार जनताको हितमा भन्दा मन्त्रीहरूको स्वार्थअनुसार काम गरिरहेको आरोप लगाए।

सम्बन्धित समाचार

सबै