सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक, शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति

327 Shares

काठमाडौं – सत्तारूढप्रमुख प्रतिपक्ष दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सम्पन्न भएको छ। कांग्रेस, एमाले, र माओवादी बीच शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउने विषयमा छलफल भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।

गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत, र विज्ञ खिमलाल देवकोटा पनि बैठकमा उपस्थित थिए। अग्नि खरेलका अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसत्यनिरूपण तथा मेलमिलाप आयोग गठनबारे छलफल भएको हो।

खरेलले भने, “आजको छलफल संक्रमणकालीन न्यायसँग सम्बन्धित २ वटा आयोग गठन गर्ने विषयसँग सम्बन्धित थियो। केही समयअघि सर्च कमिटीले तयार गरेको प्रतिवेदनमा छलफल भएको थियो।”

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसत्यनिरूपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा दुवै दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले परामर्श गर्नुभएको थियो। अब, सिफारिस समिति गठन प्रक्रिया अघि बढ्ने खरेलले जानकारी दिनुभयो।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले दुई महिना लामो दौडधुपपछि पनि नाम चयन गर्न नसकेपछि आयोग गठन प्रक्रिया रोकिएको थियो। मिश्रको नेतृत्वमा पाँच सदस्यीय समितिले १५६ उम्मेदवारमध्ये ८ जना अध्यक्ष र ३२ जना सदस्यको चयन गरेको थियो, तर दलीय हस्तक्षेपले समितिलाई असफल बनाएको थियो।

सम्बन्धित समाचार

सबै