यो सँगै दोस्रो स्थानमा रहेको पिएसजीले १८ खेलबाट ४२ अंक पुर्याएको छ । समान खेलबाट ग्वेन्ग्याम्पको तीन अंक छ। ग्वेन्ग्याम्पले जारी लिगमा एक जित मात्रै हात पारेको छ । स्टेड डे राउडोरोउम भएको खेलमा साम्बाले सुरुआती ११ मै स्थान बनाएकी थिइन् । २२औं मिनेटमै सकिना कार्चाउईको क्रसमा ग्रेस ग्योरोको गोलमार्फत पिएसजीले सुरुआती अग्रता लिएको थियो । ५२औं मिनेटमा मर्भिले कान्जिङ्गा नागुन्जीले गल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाइन् । उनले मारी–एन्टोइनेट काटोटोको पासमा गोल गरेकी हुन् ।
तर, साम्बाले ५८औं मिनेटमा गोल फर्काएकी थिइन् । उनले एनाइस रिबेराको पासमा गोल गर्दै खेल २–१ मा ल्याइन् । यद्यपि, पिएसजीले पाँच गोल थप्दा ग्वेन्ग्याम्पले एक मात्रै फर्काउन सकेको थियो । त्यसपछि कोर्बिन अल्बर्ट र सोफिया गुएलाटीले गोल गर्दै पिएसजीलाई ५–१ को फराकिलो अग्रता दिलाइन् ।
यद्यपि, साम्बाले नाओमी एन्डोआह इटोको पासमा ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–२ मा ल्याइन् । जारी लिगमा यो उनको तेस्रो गोल हो । त्यसको दुई मिनेछपछि काटोटोले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६–२ को फराकिलो जित दिलाइन् ।











