राष्ट्रिय सभामा महिनावारी विभेदको अन्त्यको संकल्प प्रस्ताव पारित

221 Shares

काठमाडौं । राष्ट्रिय सभामा आज (शुक्रबार) महिनावारी विभेदको अन्त्य र मर्यादित महिनावारीका लागि संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले प्रस्तुत गरेको उक्त प्रस्तावमा महिनावारीको बेला महिलाहरूले भोग्नुपर्ने विभेदको अन्त्यको कुरा उठाइएको हो।

सांसद साहले महिनावारीलाई प्राकृतिक प्रक्रिया मान्दै मुलुकका ९५ प्रतिशत परिवारमा महिलाहरूलाई महिनावारीको बेला विभेद भोग्नु परेको बताइन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले यसमा उल्लेख भएका विषयहरू कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिँदै अनुगमन गर्ने बताए।

छलफलका क्रममा सांसदहरूले महिनावारी विभेदलाई मानव अधिकार उल्लङ्घन भनेका थिए। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले कर्णाली प्रदेशका ८ जिल्लामा रहेको छाउपडी प्रथाका कारण महिलामा विभेद कायम रहेको बताए। छाउपडी उन्मुलनका लागि मन्त्रालय सक्रिय रहेको र यसले महिलाको शैक्षिक स्तर र सामाजिक जीवनमा नकारात्मक असर पुर्‍याएको पनि उनले उल्लेख गरे।

सम्बन्धित समाचार

सबै