उच्च अदालत बुटवलमा रविको निवदेनमा भएन सुनुवाई

224 Shares

काठमाडौं । रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाई नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन् । सभापति लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतको आदेशविरुद्ध दिएको छुट्टाछुट्टै निवदनमा एकै पटक सुनुवाई हुने गरी आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको थियो ।

मुद्दा सुनुवाईका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर हिजै रुपन्देही पुगेका थिए । गोला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टको इजलासमा सुनुवाई समेत तोकिएको थियो । तर, मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितको मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि आज सुनुवाई नभएको हो ।

सम्बन्धित समाचार

सबै