शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

252 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा माओवादी सांसद विमला सुवेदीले उठाएको प्रश्नको जवाफ दिँदै उनले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया छिट्टै अघि बढाइने बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकारले पहल गरिरहेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने।

उनले यस विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्पर्क गर्ने प्रयास गरेको तर उनको स्वास्थ्यमा केही समस्या रहेकाले संवाद हुन नसकेको जानकारी दिए।

‘मैले पटक–पटक सम्पर्क गर्न खोजेँ, तर प्रचण्डको स्वास्थ्यमा केही समस्या भएकाले संवाद हुन सकेको छैन। उहाँसँग सम्पर्क हुनेबित्तिकै प्रक्रिया अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

सम्बन्धित समाचार

सबै