राजनीतिक गतिरोधको पक्ष लिँदै सन्दिग्ध सशस्त्र विद्रोहीले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । पछिल्लो दुई दिनमा केही तेल प्रतिष्ठानहरूमा नचिनेका व्यक्तिहरूले आक्रमण गरेको आरोप छ। नाइजेरियाका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण पनि आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएको बताए ।
राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गरेको खबरमा उल्लेख छ । बाध्यात्मक आपतकालीन घोषणाले रभर्स राज्यमा शान्तिव्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्ने राष्ट्रपति टिनुबुको विश्वास छ । एजेन्सी











