राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति विवादमा

237 Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको आह्वान गर्दै सोमबार पञ्चायतका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति घोषणा गरिएको छ । समितिको उद्देश्य सबै राजावादीलाई एकत्रित गरेर आन्दोलनको नेतृत्व गर्नु हो, तर पहिलो दिनमै विवाद उठेको छ ।

सुवेदीको नेतृत्वमा आयोजित भेलामा राजसंस्था पुनःस्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दै उनले निर्देशक समितिको गठन र आन्दोलनका लागि आवश्यक संरचना प्रस्तुत गरे । समितिमा सुवेदी संयोजक, रवीन्द्र मिश्र सदस्य सचिव, र अन्य ११ जना सदस्य राखिएका छन् ।

तर, समिति गठनसँगै विवाद उत्पन्न भएको छ । समितिको एक सदस्य केशरबहादुर बिष्टले समितिमा नबस्ने निर्णय गरेपछि विवाद झनै गहिरिएको छ । त्यसैगरी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनराप्रपा नेपालका अध्यक्ष कमल थापाको समितिमा सहभागिता पनि अस्पष्ट रहेको छ ।

लिङदेनले असहमति प्रकट गर्दै भने, “हामीसँग सरसल्लाह नगरी समिति घोषणा गरिएको छ ।” उनले थपे, “समितिमा मेरो नाम राखिएको थाहा पाएपछि मैले यसको समर्थन गर्ने कुरा सोचेको छैन ।”

सम्बन्धित समाचार

सबै