सांसद घिमिरेद्वारा यौन व्यवसाय र गाँजा खेती वैधानिक बनाउन प्रस्ताव

231 Shares

काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले मुलुकको अर्थतन्त्र सुधार गर्न यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद घिमिरेले विदेशी पर्यटकको संख्या वृद्धि गर्न यौन व्यवसायलाई कानुनी रूपमा व्यवस्थित गर्नुपर्ने बताएका हुन्। ‘मैले बारम्बार भन्दै आएको छु, यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरौं,’ उनले भने, ‘यसले पर्यटक आकर्षित गर्नेछ र अर्थतन्त्रलाई टेवा पुर्‍याउनेछ।’

सांसद घिमिरेले गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने विषय पनि उठाए। उनले अमेरिकाको कोलोराडो राज्यमा कानुनी रूपमा गाँजा खेती तथा उपयोग हुने उदाहरण दिँदै नेपालमा पनि यस्तो व्यवस्था गर्न सकिने बताए। ‘यसले किसानलाई रोजगारी सिर्जना गर्नेछ र अर्थतन्त्रलाई टेवा पुग्नेछ,’ उनले जोड दिए।

सम्बन्धित समाचार

सबै