सरकारद्वारा अनुचित लेनदेन जाँचबुझ आयोग गठनको निर्णय

270 Shares

काठमाण्डौ – सरकारले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गरेको छ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ। नियुक्तिका लागि गठित सिफारिश समितिले काफ्लेसहित कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिश गरेको थियो।

सम्बन्धित समाचार

सबै