सांसद राई : राजावादीहरूको गतिविधिले राजनीतिक अस्थिरता पैदा गर्दै

231 Shares

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू सक्रिय हुँदै मुलुकमा राजनीतिक अस्थिरता पैदा गरिरहेको टिप्पणी गरेकी छन्।

राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै उनले प्रतिगामी तत्त्वहरूले संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोल्न खोजिरहेको बताइन्। उनका अनुसार देशभर अनावश्यक नारा गुन्जिरहेको छ, जसको प्रतिवाद गर्दै संविधानको कार्यान्वयनलाई अघि बढाउन जरुरी छ।

सांसद राईले भनिन्, “यति बेला प्रतिगामी तत्त्वहरू फेरि सक्रिय भएका छन्। हामीले संघर्ष गरेर ल्याएका उपलब्धिहरू खोस्न खोजिँदैछ। संघीय लोकतन्त्रमाथि प्रहार भइरहेको छ, जसले राजनीतिक अस्थिरता निम्त्याइरहेको छ।”

उनले नेपाली जनताको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई जोगाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन्।

सम्बन्धित समाचार

सबै