195
Shares
काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाण्डौ फर्किन लाग्दा काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेषगरी त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्मको सडकमा सुरक्षा कडाइ गरिएको छ ।
काठमाण्डौका विभिन्न सडकमा पूर्व राजाका समर्थक जम्मा भएका छन् । उनीहरुले पूर्वराजा शाहलाई विमानस्थलमा स्वागतसहित निर्मल निवाससम्म पुर्याउने तयारी गरेका छन् ।
त्रिभुवन विमानस्थलमा पूर्वराजा आईपुग्नुअगावै विमानस्थल गेटमा कडाइ गर्न थालिएको थियो । विशेषगरी अहिले तीनकुने, गौशालालगायतका क्षेत्रमा जुलुस निकालिएको छ ।
पूर्वराजाको स्वागतमा भीड जम्मा भएपछि आज काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ । कुनै किसिमको हुलहुज्जत हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।