महिलामाथि विभेद अन्त्य गर्न सबैको सहकार्य आवश्यक : परराष्ट्रमन्त्री राणा

227 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोध हटाउन सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनिन्, “आजको युगमा पनि महिलाहरू विभेदजन्य हिंसा तथा अवरोधको सामना गर्न बाध्य छन्, त्यसैले यसलाई तोड्न सबैको एकता जरुरी छ ।”

नेपालको महिला आन्दोलनले महत्वपूर्ण उपलब्धि हासिल गरे पनि विकसित मुलुकहरूको तुलनामा नेपाली नागरिकको आधारभूत आवश्यकता अझै सुनिश्चित नभएको उनले उल्लेख गरिन् । विगतदेखि नै महिलाअधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै मन्त्री राणाले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “महिलाका जायज आवाजहरूलाई सुनिने र देखिने गरी नीतिगत सुधार गर्न निरन्तर लाग्ने प्रण गर्छु ।” ग्रामीण तथा सीमान्तकृत समुदायका महिलाको क्षमता अभिवृद्धि गर्दै उनीहरूको राज्यसञ्चालनमा पहुँच विस्तार गर्न र किशोरीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरिन् ।

सम्बन्धित समाचार

सबै