राजा फर्किनेमा मलाई विश्वास छैन : डा. शेखर कोइराला

247 Shares

झापा । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजा फर्कनेमा आफूलाई विश्वास नभएको बताएका छन्। नेता कोइरालाले राजनीतिक दल र नेताहरूले राम्रो काम भने गर्दै जानुपर्ने बताएका छन् ।

नेता कोइरालाले भने, ‘राजाको सन्दर्भ हरेक देशमा चलिरहेको हुन्छ, आज पनि तपाई फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । त्यो चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनु पर्छ भन्ने गफ भइरहेको हुन्छ, राजा गएको १०० औं वर्ष भइसक्यो । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको देखाउँछ ।’

उनले गणतन्त्रले जनतालाई आशा र भरोसा दिलाउन सक्यो कि सकेन भन्ने महत्वपूर्ण हुने बताए । उनले गणतन्त्रले जनतालाई आशा र भरोसा दिलाउन सक्यो कि सकेन भन्ने महत्वपूर्ण हुने बताएका छन् । ‘माईखोलामा धेरै पानी बगिसक्यो, राजा फर्कनेमा मलाई विश्वास छैन । तर कोशिस त मानिसले गरिरहेका हुन्छन् । हामीहरूले राम्रो काम गर्नुपर्छ,’ उनले भने ।

सम्बन्धित समाचार

सबै