242
Shares
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भूमि अध्यादेश तोकिएको समयमै पारित हुने दाबी गरेका छन्।
मन्त्रिपरिषद्को बैठक निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ दलहरूबीच छलफल जारी रहेको बताएका छन्।
मन्त्री गुरुङले भने, “सरकारले जारी गरेका ६ मध्ये ५ वटा अध्यादेश संसद्को दुवै सदनबाट पारित भइसकेका छन्। बाँकी रहेको भूमि अध्यादेशलाई ६० दिनभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सत्तारुढ दलहरूबीच थप छलफल र विस्तृत सहमति आवश्यक भएकाले यो हराएको होइन।”
जसपा नेपालले भूमि अध्यादेश पारित गर्न अस्वीकार गरेपछि हाल यो होल्डमा राखिएको छ।